रुस र चीनले अमेरिकाको प्रतिबन्ध लगाउने कार्यलाई शीतयुद्धको रणनीतिको रुपमा समेत व्याख्या गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
सोमबार र मंगलबार चीनका विदेशमन्त्री वाङ यी र रुसका समकक्षी सर्गी लाभरोभबीच चीनको गुलिन शहरमा भेटवार्ता भएको हो।
उक्त वार्तामा दुवै देशले अमेरिका र उसका सहयोगीले लगाउने प्रतिबन्धविरुद्ध एक भएर उभिने सम्झौता गरेका हुन्।
पछिल्लो समय अमेरिकाले चीनले सिनजियाङमा उइगर मुस्लिमविरुद्ध अभियान चलाएर मानवअधिकार उल्लंघन गरेको, हङकङको स्वतन्त्रतामाथि धावा बोलेको साथै इन्डो–प्यासिफिक क्षेत्रमा अस्थिरता निम्त्याएको आरोप लगाउँदै प्रतिबन्धहरु लगाउने चेतावनी दिएको छ।
यस्तै हालै अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई हत्याराको संज्ञा दिएका थिए। उनले रुसले ट्रम्पको पक्षमा निर्वाचनमा मत पार्नका लागि अफवाह फैल्याउने र साइबर आक्रमणको प्रयास गरेको आरोप लगाएका थिए।
यसबीचमा रुस र चीनले अमेरिकाविरुद्ध एक हुने प्रतिवद्धता व्यक्त गरेका हुन्।
Shares
प्रतिक्रिया