राजनीति


अरुणाचलमा युरेनियमको अनुसन्धान हुँदा चीन तनावमा!

अरुणाचलमा युरेनियमको अनुसन्धान हुँदा चीन तनावमा!

नेपालखबर
चैत १०, २०७७ मंगलबार १०:१३,

भारतले युरेनियम उत्खनन् गर्ने चर्चापछि चिनियाँ अधिकारीहरुले आपत्ति जनाएका छन्।

यसक्रममा अरुणाचलस्थित सत्तारुढ भारतीय जनता पार्टीले भनेको छ,‘भारतले आफ्नो अधिकार क्षेत्रमा विकासका कुनै पनि कार्य गर्छ भने त्यसमा चीनले बोल्नु उचित छैन।’

अरुणाचल प्रदेशका भाजपा प्रवक्ता डोमिनिक तादारले बीबीसीसँग भनेका छन्,‘हामी आफ्नो राज्य भित्र आफ्नो जमिनमा कुनैपनि काम गर्छौ तर त्यसमा चीन बोल्नु गलत कुरा हो। हामी त्यस्ता प्रतिक्रियालाई मान्यता दिदैनौं।’

तादारका अनुसार अरुणाचलको सि–योमी जिल्लामा युरेनियमको भण्डार पत्ता लागेको छ। यो क्षेत्र भारत र अरुणाचलको अंग भएको उनको भनाइ छ।

तर चीनले भने अरुणाचल प्रदेशलाई दक्षिण तिब्बती क्षेत्रको रुपमा व्याख्या गर्दै आएको छ।

तादार भन्छन्,‘सि–योमी जिल्ला हाम्रो अरुणाचल प्रदेश र राज्यको भित्र छ। तर चीन जहिल्यै अरुणाचलमा कुनै काम भएमा चिन्ता व्यक्त गर्छ। जब हाम्रा प्रधानमन्त्री यहाँ आउँछन् चीनलाई त्यो कुरा सह्य हुँदैछ। चीनले यस्ता खराब प्रतिक्रिया दिन बन्द गर्नुपर्छ।

चीनको आपत्ति के हो?

अरुणाचलमा युरेनियमको भण्डार पत्ता लागेको खबरपछि चीन सरकारको मुखपत्रको रुपमा रहेको पत्रिका ग्लोबल टाइम्समा गत बुधबार एक समाचार प्रकाशित भएको थियो।

त्यहाँ चिनियाँ अधिकारीहरुले निराशा व्यक्त गर्दै युरेनियम अनुसन्धान कार्यक्रम गैरकानुनी भएको बताएका थिए।

१७ मार्चमा ग्लोबल टाइम्समा लेखिएको छ,‘दक्षिणी तिब्बतमा भारतको अवैध युरेनियम खोजका लागि चिनियाँ विज्ञहरूले भारतीय संचारमाध्यमलाई दोषी मान्छन्। यसले चीनको क्षेत्र कब्जा गर्ने भारतको अठोटलाई दर्शाउँछ।’

ग्लोबल टाइम्सका अनुसार तथाकथित अरुणाचल प्रदेशको स्थापना पछिल्लो शताब्दीमा अवैध रुपमा गरिएको थियो। भारतले लगभर ९० हजार बर्ग किलोमिटरको चिनियाँ भूमि कब्जा गरेको उक्त पत्रिकाको दाबी छ।

गतहप्ता मात्र भारतका प्रमुख संचार माध्यमहरुमा चीनको सीमादेखि ३ किलोमिटर टाढा अरुणाचलमा युरेनियमको भण्डारको खोजी सुरु भएको समाचारहरु सार्वजनिक भएका थिए।

परमाणु खनिज अन्वेषण तथा अनुसन्धान निर्देशनालय एएमडीका निर्देशक डिके सिन्हाले यसैहप्ताको सोमबार भनेका थिए,‘हामीलाई केन्द्र सरकारको तर्फबाट सहयोग प्राप्त भएको छ र हामीले युरेनियम खोज्न सुरु गरेका छौं।’

इन्डियन न्युक्लियर सोसाइटीद्वारा आयोजित रेडिएसन एन्ड इन्भारामेन्ट विषयमा आधारित एकदिवसीय सेमिनारमा उनले आफू भारतको सबैभन्दा टाढाको गाउँ मेचुका घाटीसम्म पुगेको बताए।

ग्लोबल टाइम्सको खबरअनुसार सिंघुआ विश्वविद्यालयमा भारतको विषयमा अध्ययन गरिरहेका सहायक प्राध्यापक सी चाओले भारतको सीमा हडप्ने लक्ष्यलाई चीनले जवाफी कारवाही गर्नुपर्ने आह्वान गरेका छन्।

वास्तवमा युरेनियम परमाणु हतियार बनाउन प्रयोग भएकाले चीनले यो विषयलाई गम्भीर रुपमा लिएको विश्लेषकहरु बताउँछन्।

भारत र चीनबीच गतवर्षको जुन महिनादेखि सीमा विवाद निकै चर्किएको छ।

गतवर्ष गलवान उपत्यकामा दुई देशका सेनाबीच झडप हुँदा भारतका २० र चीनका चार सेनाको मृत्यु भएको थियो।

उक्त विवाद नटुंगिएकै अवस्थामा यतिबेला अरुणाचलमा युरेनियम अनुसन्धानको विषय उठेको हो। बीबीसीहिन्दी

यो पनिः युरेनियम बेचेर हामी धनी हुन सक्छौं?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad