राजनीति


भीम रावलले भने : हामीलाई स्पष्टीकरण सोध्ने अधिकार ओलीलाई छैन

भीम रावलले भने :  हामीलाई स्पष्टीकरण सोध्ने अधिकार ओलीलाई छैन

नेपालखबर
चैत १०, २०७७ मंगलबार १०:७,

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने अधिकार नै नभएको दावी गरेका छन्।

मंगलबार मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित आफ्नो समूहनिकट अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उपाध्यक्ष रावलले यस्तो बताएका हुन्।

उनले पार्टीको विधान र संविधान मिच्दै हिँडेको, एमसीसी लगायतका विषयमा अध्यक्ष ओलीलाई आफूहरुले स्पष्टीकरण सोध्ने बताएका हुन्।

‘ओली आफैँले पार्टीको विधान र संविधान मिच्नुभएको छ, उहाँले अझै हामीलाई स्पष्टीकरण सोध्ने रे१’ उपाध्यक्ष रावलले भने, ‘संविधान र पार्टीको विधान विपरीत कदम चालेकोमा उहाँलाई हामी नै प्रश्न गर्छौं।’

उनले अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट बनेको विधान कुल्चेर महाधिवेशन आयोजक कमिटी गठन गर्ने, केन्द्रीय समिति थप्ने र त्यही केन्द्रीय समितिले आफूहरुमाथि कारबाही गर्ने काम गरेर ओलीले नै पार्टी अनुशासनको उल्लंघन गरेको बताए।

उनले भने, ‘विधान कुल्चेर हामीलाई हटाएको रे, अनि तपाईंहरुले अनुशासन मान्नुभएन, बैठकमा आउनु भएन भनेर स्पष्टीकरण सोध्न तपाईंलाई लाज लाग्दैन?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad