नेकपा एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपालले आफूहरु पार्टी फुटाउने पक्षमा नरहेको बताएका छन्।
मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठान कमालादीमा आयोजित अनेरास्ववियूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली पार्टी फुटाउन लागि परेको बताए।
‘हामी पार्टी फुटाउँदैनौँ, पार्टी फुटाउने ओली नै हुन्’, उनले भने, ‘हामी एकताका पक्षमा छौँ।’ उनले आफूहरु मैदान छाडेर नभाग्ने केपी ओलीको सामाना गरेर अगाडि बढ्ने बताए।
ओलीमा कम्युनिस्ट चरित्र नभएको बताउँदै नेता नेपालले ओलीले सुरुदेखि नै गुटका राजनीति गरेको बताए। उनले ओलीले आफूलाई बा भन्ने रुचाउने बताए।
‘ओली आफूलाई बा भन्न रुचाउछन्, कमरेड भन्दैनन्। उनमा कम्युनिष्ट संस्कार नै छैन’, उनले भने।
उनले कार्यकर्तालाई निरास नहुन आग्रह समेत गरे।

प्रतिक्रिया