नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक केही बेरअघि सुरु भएको हो।
बैठकले आन्तरिक संगठन निर्माणका लागि पार्टीको विधान संशोधन गर्नेछ।
यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
आज संसद् बैठक बस्नुअघि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको हो।
बैठकले एमालेमा गएका माओवादी केन्द्रका नेताहरूलाई कारबाहीबारे पनि निर्णय गर्ने सम्भावना छ।
गृहमन्त्री रामबहादुर थापालगायत ७ मन्त्रीसहित २३ नेता एमालेमा गएका छन्। जसलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको केन्द्रीय सदस्य बनाएका छन्।
3
Shares
प्रतिक्रिया