ad ad

राजनीति


म्यान्मारमा सेनाको ज्यादतीले ८ हजार नागरिक विस्थापित, घर छाडेर जंगलमा बस्न बाध्य

म्यान्मारमा सेनाको ज्यादतीले ८ हजार नागरिक विस्थापित, घर छाडेर जंगलमा बस्न बाध्य

नेपालखबर
चैत १०, २०७७ मंगलबार १:३६,

म्यान्मारमा आफूले सत्ता कब्जा गर्नु (फेब्रुअरी १) अघि नै सेनाले देशको दक्षिण–पूर्वी दूरदराज क्षेत्रमा नागरिकलाई यातना दिन सुरु गरेको खुलासा भएको छ।

सहयोगी समूहले सार्वजनिक गरेको दाबीअनुसार सेनाको अत्याचार सहन नसकेर त्यस क्षेत्रमा बसोबास गर्ने कैरन समुदायका झन्डै ८ हजार मानिसले आफ्नो घर छाडेका छन्।

सहयोगी समूहका अनुसार पछिल्लो १० वर्षयता यहाँ भएको सबैभन्दा ठूलो कारबाही हो। ती मानिस आफ्नो स्वास्थ्य र सुरक्षाको चिन्ताबीच जंगलमा बस्न बाध्य छन्। अहिलेसम्म गाउँ फर्किने कुनै आशा देखिएको छैन।

सैनिक शासनविरुद्ध सडकमा विरोध प्रदर्शन भइरहेका बेला सीमावर्ती क्षेत्रको त्यो संकट सार्वजनिक हुन पाइरहेको छैन।

कैरन समुदायको प्रमुख राजनीतिक संगठन ‘कैरन नेसनल युनियन (केएनयू) ले विस्थापित सबै मानिसलाई आश्रय, खाना, सुरक्षाजस्ता आधारभूत आवश्यकता पूर्ति गरिरहेको छ।

केएनयूका विदेश विभाग प्रमुख प्याडो साले भनेका छन्, ‘आगामी दिनमा उनीहरूको चुनौती अझै बढ्न सक्छ। यसैले हामीले विश्व समुदायसमक्ष उनीहरूको उद्धारका निम्ति अपिल गरेका छौं।’ 

म्यान्मारको सेनाले गत फेब्रुअरी १ देखि त्यहाँको शासन सत्ता आफ्नो हातमा लिएको छ भने आङ सान सुचीलगायत सबै लोकतान्त्रिक नेतलाई नजरबन्दमा राखिरहेको छ। जसको विरोधमा म्यान्मारी नागरिकले दैनिक विरोध प्रदर्शन गरिरहेका छन्।

त्यस क्रममा सुरक्षाकर्मीको गोली र यातनाले तीन सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने कैयौं घाइते भएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .