ad ad

राजनीति


स्पष्टीकरणबारे यस्तो छ चार नेताको तयारी

स्पष्टीकरणबारे यस्तो छ चार नेताको तयारी

नेपालखबर
चैत ९, २०७७ सोमबार १३:५७,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ तोकिएको समयभित्रै दिने बताएका छन्।

एमाले अध्यक्ष केपी ओली नेतृत्वमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल, पार्टी उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई पार्टी हितविपरित गतिबिधि गरेको भनी स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सोहिअनुसार उनीहरुलाई स्पष्टीकरण पत्र आज सोमबार बुझाइएको छ।

‘हामीले पत्र बुझेर अध्ययन गरेका छौं, हाम्रो नीति पार्टीभित्रै अन्तरसंघर्ष गर्ने भन्ने नै हो त्यसैले तोकिएको समयभित्रै सो स्पष्टीकरणको जवाफ दिन्छौं,’ स्पष्टीकरण सोधिएका चारमध्येका एक नेताले नेपालखबरसँग भने।

आज सोमबार बसेको नेपालसहितका उनीपक्षीय स्थायी समिति सदस्यहरुको छलफलबाट सो निष्कर्ष निकालिएको हो।

‘अध्यक्ष ओलीले विधानविपरित बैठक राखेर अवैधानिक निर्णय गरेका कारण त्यसको जवाफ दिने कि नदिने भनी हामीबीच छलफल भयो तर हाम्रो प्राथमिकता नै पार्टीमै रहेर अन्तरसंघर्ष गर्ने र पार्टी एकता जोगाउने भएको हुँदा हामीले पार्टी विधानलाई मानेर जवाफ दिने भएका छौं,’ एक नेताले भने।

यो पनि : ओली पक्षले बुझायो घनश्याम भुसाललाई स्पष्टीकरण पत्र : यस्ता छन् आरोप (पूर्णपाठ)

उनले आफूहरु पार्टीको विधि विधानअनुसार नै चलिरहेको र त्यहिअनुसार नै चल्ने बताए।

‘हामीले पार्टीको विधि विधान कहिँ उल्लंघन गरेका छैनौं, त्यसैले स्पष्टीकरणको जवाफ दिएर पार्टीभित्रै अन्तरसंघर्ष गर्छौं,’ ती नेताले भने।

तर, स्पष्टीकरण सोधिएकामध्ये भीम रावल भने सो बैठकमा उपस्थित थिएनन्।

उनी स्वास्थ्यका कारण उपस्थित हुन नसकेको बैठकमा सहभागी एक नेताले बताए।

सोमबार बिहान नेपालखबरसँगको कुराकानीमा रावलले ‘नक्कली केन्द्रीय कमिटीले गरेको अवैध निर्णय’ स्वीकार नगर्ने बताएका थिए।

यो पनि :
अवैध केन्द्रीय कमिटीले सोधेको स्पष्टीकरण स्वीकार्य छैन : भीम रावल

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .