राजनीति


राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाइ

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, प्रधानमन्त्री ओलीले गरे बिदाइ

नेपालखबर
चैत ९, २०७७ सोमबार ३:४२,

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि सोमबार बिहान बंगलादेश प्रस्थान गरेकी छन्।

बिहान ८ बजेर ४० मिनेटमा नेपाल एअरलाइन्सको उडानमार्फत भण्डारी ५४ सदस्यीय टोलीको नेतृत्व गर्दै बंगलादेशको राजधानी ढाका प्रस्थान गरेकी हुन्।

उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले त्रिभुवन विमानस्थलमा पुगेर राष्ट्रपति भण्डारीलाई बिदाइ गरेका छन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी दुई दिने भ्रमणका लागि ढाका गएकी हुन्।

राष्ट्रपति भण्डारीको सवारीका लागि बिहान शीतल निवासदेखि त्रिभुवन विमानस्थलसम्मको सडक खाली गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad