राजनीति


म जात त्यागेको मान्छे हुँ : प्रचण्ड

म जात त्यागेको मान्छे हुँ : प्रचण्ड

नेपालखबर
चैत ८, २०७७ आइतबार ९:३०,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जात त्यागेको मान्छे भएको बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले प्रचण्ड नाम नेपाली श्रमिक जनताको प्रतिनिधि नाम भएको बताए।

‘म दलित र उत्पीडित वर्गप्रति किन यतिधेरै संवेदनशील भएँ? बास्तवमा भन्ने हो भने म जात त्यागेको मान्छे हो, प्रचण्ड भनेको जात होइन, जाति होइन’, उनले भने, ‘नेपालका सबै श्रमिक जनताको प्रतिनिधि नाम हो। प्रचण्डमा दलित, आदिवासी, मधेसी, मुस्लिम, महिला, पूर्वेली, पश्चिमेली सबै छ।’

उनले आफू ८ वर्षको उमेरमा चितवन झरेको स्मरण गर्दै आफ्नो छिमेकी, साथीभाइ र आफूलाई कम्युनिस्ट पार्टीको सदस्यता दिलाउने सम्म सबै दलित भएको बताए।

उनले आफूले पहिलो कम्युनिस्ट शिक्षा पनि दलितसँगै लिएको बताए। उनले यही कारण दलित समूदायप्रति आफूमा प्रेमको विकास भएको बताउँदै जनयुद्धमा पनि आफूले दलितलाई केन्द्मा राखेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad