भारतको महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहले आफूविरुद्ध लगाएको गम्भीर आरोपबारे स्पष्टीकरण दिएका छन्।
आइतबार विज्ञिप्ति जारी गरी अम्बानी प्रकरणमा पक्राउ परेका मुम्बईका निलम्बित प्रहरी सहायक निरीक्षक सचिन वाजेलाई आफूले मासिक सय करोड असुली गर्न निर्देशन दिएको भन्ने आरोप झुटो भएको दाबी गरेका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘परमवीर सिंहले मविरुद्ध लगाएको आरोप बिलकुल झुटा र बनावटी हो। षडयन्त्रका आधारमा परमवीरले यस्तो आरोप लगाएका हुन्। उनले महागठबन्धनको छवि बिगार्न यस्तो गरेका हुन्। यसकारण यस सन्दर्भमा केही बुँदामा विचार गर्न जरुरी छ।’
उनले यस्तो विज्ञप्ति (प्रेस नोट) आफ्नो आधिकारिक ट्विटरमार्फत सार्वजनिक गरेका छन्।
— ANIL DESHMUKH (@AnilDeshmukhNCP) March 20, 2021प्रसिद्धी पत्रक pic.twitter.com/4qh5ZIP9GD
उनले अगाडि लेखेका छन्, ‘मैले एक अन्तवार्तामा स्पष्टसँग भनेको थिएँ कि परमवीर सिंहविरुद्ध केही गम्भीर प्रश्न खडा भएपछि मैले उनलाई मुम्बई प्रहरी आयुक्तबाट हटाएको छु। तर उनी आफूलाई बचाउन प्रमाण जुटाउने प्रयास गर्दै थिए। प्रहरी विभाग जानकार छ कि सचिन वाजे र एसीपी पाटिल दुवै परमवीर सिंहका खास मानिस हुन्। परमवीर सिंहले नै हो, त्यत्रो वर्षदेखि निलम्बित सचिन वाजेलाई पुनर्बहाली गराएको।’
यस्तै उनले आफ्ना मुख्यमन्त्री उद्धव ठाकरेसँग यस आरोपको गम्भीर छानबिन गर्न माग पनि गरेका छन्।
यसैबीच भारतीय जनता पार्टीका कार्यकर्ताले नागपुर र मुम्बईमा गृहमन्त्री देशमुखविरुद्ध विरोध प्रदर्शन गरिरहेका छन्। उनीहरूले हातमा यस्तो पोस्टर बोकेका छन्, जहाँ लेखिएको छ- ‘अनिल देशमुख राजीनामा देऊ।’
शनिबार मुम्बईका पूर्वप्रहरी आयुक्त परमवीर सिंहले मुख्यमन्त्री ठाकरेलई पत्र लेख्दै आरोप लगाएका छन्, ‘गृहमन्त्री अनिल देशमुखले शीर्ष प्रहरी अधिकारीसँग हरेक महिना सय करोड रुपैयाँ उठाउन निर्देशन दिएका थिए।’
घटनाबारे विस्तृत यो लिंकबाट क्रमशः – अम्बानी प्रकरणले महाराष्ट्रको सरकारै ढल्ने खतरा
Shares

प्रतिक्रिया