ad ad

राजनीति


उपचाररत नवीन्द्रराज जोशीका परिवारले सरकारले दिने १० लाख सहयोग नलिने

उपचाररत नवीन्द्रराज जोशीका परिवारले सरकारले दिने १० लाख सहयोग नलिने

नेपालखबर
चैत ८, २०७७ आइतबार ८:२२,

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको परिवारले सरकारले उपचारका लागि दिने घोषणा गरेको १० लाख सहयोग नलिने भएको छ।

मस्तिष्काघात भएपछि नेता जोशी नर्भिक अस्पतालमा फागुन १४ देखि उपचार गराइरहेका छन्।

उनको अवस्था गम्भीर छ। सरकारले केही दिनअघि मात्रै जोशीको उपचारका लागि १० लाख सहयोग दिने घोषणा गरेको थियो।

तर जोशीको परिवारले भने उक्त सहयोग नलिने जनाएको हो।

जोशीनिकट सुशान्त आचार्यले सरकारले घोषणा गरेको सहयोग परिवारले नलिने बताएको नेपालखबरलाई जानकारी दिए।

‘सरकारले १० लाख दिने घोषणा गरेकोमा हामीले धन्यवाद दिएका छौँ’, आचार्यले भने, ‘दाइको सम्मानमा सरकारले घोषणा गरेको रकम विपन्न नागरिकको उपचारमा खर्च होस्!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .