नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले र माओवादी केन्द्रका नेताको शब्दकोशबाट नैतिकता भन्ने शब्द हराएको बताएका छन्।
आइतबार चाक्सिबारीस्थित आफ्नै निवासमा आयोजित पार्टी प्रवेश कार्यक्रममा नेता सिंहले जनताबाट म्यान्डेट लिएका आएकाहरुले जनताको आकांक्षा पूरा गर्न नसकेपछि राजनीतिक नैतिकता देखाउनु पर्नेमा आदर्शका कुरा गरेर सत्तामा टाँसिइरहेको आरोप लगाए।
‘एमाले र माओवादी दुई पार्टीले मिलेर जनमत लिएकाले दुबै जिम्मेवार बन्नुपर्नेमा गैरजिम्मेवार बनेकाले राजनीतिमा झन् अन्यौलता बढेको छ’, उनलभे भने, ‘एउटाले संसद विघटनजस्तो असंवैधानिक काम गर्यो अनि अर्को यस्तो असंवैधानिक काम गर्ने सरकारलाई समर्थन गरेर बसिरहेको छ। राजनीति अस्थिरता आउनुमा दुवै पक्ष उत्तिकै जिम्मेवार छन्।’
कांग्रेस एक्लैको प्रयासले सरकारको बिकल्प दिन नसकिने भएकाले सरकार हटाउम्नु सजिलो कुार नभएको बताए। उनले ओली सरकारको बहिर्गमनका माओवादीले समर्थन फिर्ता लिन अल्मल गरिरहेको र जसपा सरकारका विषयमा प्रस्ट हुन नसकिरहेको बताउँदै सरकारबारे प्रस्ट हुन दुबै दललाई आग्रह गरे।
माओवादी र जसपाको ओैपचारिक निर्णयपछि राजनीतिक अन्यौलता चिर्न कांग्रेस तयार रहेको बताउँदै कांग्रेस जस्तोसुकै परिस्थितिको सामना गरेर अगाडि बढ्न तयार भएको बताए।
उनले जनताले कांग्रेसलाई भन्दा कम्युनिस्टलाई बढी विश्वास गरेर मत दिएका कारण अहिलेको अवस्थामा अवसर आउँदा पनि कम्युनिस्टले काम गर्न सक्दैनन् भन्ने प्रमाणित भएको बताए।
नेता सिंहले विश्वकर्मा समाजको रास्टि«य अध्यक्ष गोपालप्रसाद विश्वकर्मा लगायत समाजका डेढदर्जन अगुवाहरुलाई कांग्रेस प्रवेश गराएका थिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य जीवन परियार सांसद प्रकाश स्नेही , संविधान सभा सदस्य दीपक कुँइकेल नेपाली कांग्रेस काठमाडौँका सभापति सबुझकृष्ण बानियाँ लगायतको उपस्थिति थियो। कार्यक्रम नेकपा एमाले र माओवाद केन्द्र परित्याग गरि १८ जना कांग्रेस प्रवेश गरेका छन् ।
Shares

प्रतिक्रिया