कारोबार


सौराहाका हरेक पसलमा क्युआर भुक्तानी सुविधा, घुम्न जाँदा नगद बोक्नुपर्ने बाध्यता हट्यो

सौराहाका हरेक पसलमा क्युआर भुक्तानी सुविधा, घुम्न जाँदा नगद बोक्नुपर्ने बाध्यता हट्यो

नेपालखबर
चैत ८, २०७७ आइतबार ५:५५,

पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा घोषणा गरिएको छ।

कुमारी बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्विस लिमिटेडको सहकार्यमा सौराहा बजारलाई डिजिटल बजार घोषणा गरिएको हो।

शनिबार सौराहामा एक कार्यक्रमका बीच रत्ननगर नगरपालिकाका प्रमुख नारायण बनले उद्घाटन गरे। योसँगै सौराहाका हरेक पसलमा क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ।

क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने भएसँगै सौराहा घुम्न जाने पर्यटकहरुलाई नगद रकम बोक्नुपर्ने बाध्यताबाट मुक्ति मिलेको छ।

कार्यक्रममा बोल्दै रत्ननगर नगरपालिका प्रमुख नारायण बनले पर्यटकीय नगरी सौराहालाई डिजिटल बजारका रुपमा विकास गर्न पाउँदा आफूहरुलाई खुसी लागेको बताए। उनले आर्थिक कारोबार डिजिटल हुँदा सुशासन र पारदर्शिता कायम हुने बताए।

नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले व्यवसायीहरुलाई क्युआर कोड हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै उनले नगदरहित कारोबारले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा पुग्ने बताए।

कार्डलगायतका भुक्तानीले वर्षेनी अर्बौँ रुपैयाँ विदेशीने गरेको बताउदै क्यूआर भुक्तानीले सोही रकम स्वदेशमै रहने भएकाले आफुहरुले प्राथमिकतामा राखेको बताए।

कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले क्यूआर प्रविधिको प्रयोगसँगै व्यवसायीको व्यापार व्यवसायमा पनि वृद्धि हुने बताए। उनले व्यवसायीहरुले बैंकिङ्ग माध्यमबाट कारोबार गर्दा उनीहरुलाई ऋण तथा अन्य सुविधाका लागि पनि व्यवसायीलाई सहयोग पुग्ने बताए।

कार्यक्रममा बैंक तथा फोनपेका तर्फबाट सञ्चालक समितिका सदस्यहरु र व्यवस्थापनका कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो।

कुमारी बैंक लिमिटेड टेक्नोलोजीमा आधारित बैंकिङ्गलाई प्रवद्र्धन गर्ने अग्रणी बैंक हो। बैंकले देशभर रहेका १ सय ९२ शाखा, १३ वटा एक्सटेन्सन काउन्टर तथा २२ वटा शाखारहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएको छ।

फाेनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो।

फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने २ लाख ६० हजारभन्दा बढी मर्चेन्ट रहेका छन्।

एक करोड २५ लाख भन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवाप्रदानगर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad