राजनीति


नेपाल–खनाल समूहको युवा संघको भेलामा ओली पक्षलाई पनि निम्तो

नेपाल–खनाल समूहको युवा संघको भेलामा ओली पक्षलाई पनि निम्तो

नेपालखबर
चैत ७, २०७७ शनिबार ६:१६,

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका युवाहरु राष्ट्रिय भेला आज हुँदैछ।

राष्ट्रिय सभागृहमा हुनख युवा संघ, नेपालको राष्ट्रिय भेलालाई वरिष्ठ नेता माधवकुमार नेपालले उद्घाटन तथा सम्बोधन गर्ने कार्यक्रम रहेको युवा संघकी उपाध्यक्ष क्रान्ति बुर्लाकोटीले जानकारी दिइन्।

उनले पार्टीमा देखिएको विवाद समाधानका लागि थप दबाब दिनका लागि युवा संघको भेला गरिएको र यसका लागि युवा संघमा रहेका सबै केन्द्रीय सदस्यहरुलाई खबर गरेको बताइन्।

‘सर्वोच्चको फैसलापछि पार्टी २०५५ जेठ २ गतेको अवस्थामा पुगेको छ, सोही अवस्थामा पार्टी एकता हुनुपर्छ भनेर दबाब दिनका लागि भेला आयोजना गरेका हौँ’, उपाध्यक्ष बुर्लाकोटीले नेपालखबरसँग भनिन्, ‘हामीले तत्कालीन अध्यक्ष रमेश पौडलसहित केन्द्रीय समितिमा रहेका २४७ जनालाई नै खबर गरेका छौँ, रमेशजी आउनुभयो भने उहाँले नै बैठकको अध्यक्षता गर्नुहुन्छ।’

उनले भेलाले समानान्तर कमिटि बनाएर अगाडि बढ्ने बताइन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय समितिको बैठक डाकेर, महाधिवेशनको मिति घोषण गर्ने, केन्द्रीय सदस्य थप गर्ने, पदाधिकारी बर्खास्त गर्ने लगायतका निर्णय गरेपछि एमाले फुटको संघारमा पुगेको छ।

नेपाल–खनाल पुसले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत सम्पन्न गरिसकेको छ।

त्यसको असर जनवर्गीय संगठनहरुमा पनि देखिन थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad