राजनीति


कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

कांग्रेस नेता जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ६:१०,

मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर जोशीको स्वास्थ्यबारे जानकारी लिँदै जोशीको उपचारका लागि सरकारले १० लाख सहयोग गर्ने बताएका हुन्।

शुक्रबार बिहान साढे ९ बजे नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे उपचारमा संलग्न डाक्टर र परिवारसँग जनकारी लिनुका साथै स्वास्थ्य लाभको कामना समेत गरेका थिए।

गत फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका नेता जोशीको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। बीचमा स्वास्थ्य अवस्थामा केही सुधार भएको भए पनि पछि पुनः बिग्रिएका कारण उनलाई भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। उनको उपचारमा वरिष्ठ न्युरो सर्जन डाक्टर राजीव झाको टोली संलग्न छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .