जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डाक्टर बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (ने क पा) भंग भई एमालेसमेत विभाजनको संघारमा पुगेका बेला फुटेको हाँडी जोड्नेतिर लाग्नु व्यर्थ हुने बताएका छन्।
एमालेका दुई समूहबीच तीव्र अन्तर–संघर्ष चर्किरहेको तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माधव नेपाल पक्ष आफूतिर एकता गर्न आए हुने अभिव्यक्ति दिइरहेका बेला पूर्वकम्युनिस्ट नेतासमेत रहेका डा. भट्टराईले पुरानो ध्वस्त भएपछि मात्र नयाँ निर्माण हुने धारणा राखेका हुन्।
फुटेको हाँडीलाई टेपले टाँस्नेजस्तो असम्भव प्रयास गर्नुभन्दा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्नुपर्ने सुझावसमेत उनले दिएका छन्।
‘पुरानोको ध्वंशबिना नयाँ निर्माण हुन्न– मार्क्सेली दर्शनले भन्छ। नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको नयाँ आधार बन्न सक्छ,’ शुक्रबार बिहान पूर्वप्रधानमन्त्री डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अतः फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने हो कि !’

प्रतिक्रिया