साहित्यकार तथा पत्रकार फुलमान वल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वललाई एनटीभीको महाप्रबन्धकमा नियुक्त गरेको हो। उनलाई खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेको जनाइएको छ।
यसअघिका महाप्रबन्धकमा गोविन्द रोक्काको कार्यकाल सकिएपछि सञ्चार मन्त्रालयले नयाँ महाप्रबन्धकका लागि दरखास्त आह्वान गरेको थियो। महाप्रबन्धकको कार्यकाल चार वर्षको हुनेछ।
काभ्रेका वल पत्रकार, साहित्यकार र चलचित्र निर्देशकसमेत हुन्। कथा, कविता र नाट्य विधामा कलम चलाउने बलका ‘महाभारतकी मैच्याङ’, ‘काजोल खातुन’, ‘म्हेन्दोमाया’ लगायतका कृति प्रकाशित छन्। वलले चलचित्र ‘नीरफूल’को निर्देशन पनि गरेका छन्।

प्रतिक्रिया