राजनीति


माधव नेपाल पक्षका सांसदलाई शान्ता चौधरीले भनिन् : अराजक !

माधव नेपाल पक्षका सांसदलाई शान्ता चौधरीले भनिन् : अराजक !

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ०:२५,

नेकपा एमाले ओली पक्षकी नेत्री एवं सांसद शान्ता चौधरीले माधव नेपाल पक्षका सांसदलाई ‘अराजक’को संज्ञा दिएकी छन्।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सरकारी निवास (बालुवाटार) मा संसदीय दलको बैठक राखेका थिए। जसमा खबर भए पनि नेपाल पक्षका सांसद सहभागी भएनन्।

यसै सन्दर्भमा सांसद चौधरीले एमाले संसदीय दलका नेता ओलीले बोलाएको बैठकमा समेत नआएको भन्दै अनुपस्थित सांसदहरूले अराजकता देखाएको आरोप लगाएकी हुन्।

बिहीबार राति सामाजिक सञ्जालमा लेखेकी छन्, ‘दलको नेताले बोलाउनुभएको संसदीय दलको बैठकमा अनुपस्थित माननीयज्यूहरूको अगाडि अराजकताको प्रश्न चिन्ह खडा भयो।’

संसदीय दलको बैठकमा उपस्थित नै नभए पनि प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन गरिएको संसदीय बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि सदस्य राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad