प्रधान सेनापति पूर्णचन्द्र थापा र युरोपियन युनियन प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रिजबीच शिष्टाचार भेटवार्ता भएको छ।
बिहीवार जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।
यस किसिमको भेटवार्ताले नेपाल र युरोपियन युनियनबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।
प्रतिक्रिया