अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उत्तर कोरियाले आणविक हतियार कार्यक्रम त्याग्नुपर्ने बताउँदै चीनले यस कार्यमा भूमिका खेल्नुपर्ने बताएका हुन्।
दक्षिण कोरिया भ्रमणका क्रममा ब्लिंकेनले बुधबार बेइजिङ र प्योङयाङको सम्बन्ध सुमधुर रहेकाले चीनले उत्तरलाई आणविक हतियार निशस्त्रीकरणको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने आग्रह गरेका थिए।
सो क्रममा उनले उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटना बढेको भन्दै उत्तरको आलोचना गरे। उत्तर कोरियासँग अमेरिकाले यस्ता समस्यका विषयमा छलफल गर्नका लागि सम्पर्कको प्रयास भइरहेको पनि जानकारी दिए।
ब्लिंकेन
बिहीबार ब्लिंकेनले चीनका अधिकारीहरुसँग छलफल गर्दैछन्। अलास्कामा ब्लिंकेनले चिनियाँ समकक्षी वाङ यीसँग छलफल गर्नेछन्।
एससीएमपीका अनुसार ब्लिंकेनले चीनसँग उत्तर कोरियाको बारेमा पनि छलफल गर्नेछन्। त्यहाँ पनि उनले उत्तरको क्षेप्यास्त्र कार्यक्रम त्याग्न दबाब दिने विषय उठाउनेछन्।

प्रतिक्रिया