राजनीति


कर्णाली सरकार विवाद : उद्योगमन्त्री नन्दसिंह बुढा पनि माधव नेपालतिरै

कर्णाली सरकार विवाद : उद्योगमन्त्री नन्दसिंह बुढा पनि माधव नेपालतिरै

नेपालखबर
चैत ५, २०७७ बिहिबार २:४७,

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षको विवादको असर कर्णाली प्रदेश सरकारमा पनि देखिएको छ।

एमालेका दुई समूह माओवादी केन्द्रबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वकोको कर्णाली सरकारका पक्ष र विपक्षमा देखिएका हुन्।

बुधबार दिउँसो एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बैठकले कर्णाली सरकारलाई दिइएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। तर माधव नेपाल पक्षका सांसदले समर्थन यथावत् रहेको र ओली गुटको भेलाले गरेको निर्णय मान्य नहुने बताएका छन्।

कर्णालीका अर्थमन्त्री प्रकाश ज्वालाले सरकारलाई आफूहरूको समर्थन कायम रहेको बताइसकेका छन् भने उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पनि त्यस्तै प्रतिक्रिया दिएका छन्।

यसअघि उनी बुधबार ओली पक्षमा खुलिसकेको कुरा बाहिर आएको थियो। तर संसदीय दलको बैठकमा सहभागी भएका थिएनन्।

बुधबार राति भने सामाजिक सञ्जालमार्फत उनले नेपाल पक्षमा लागेको जनाएका हुन्। उनले फेसबुकमा लेखेका छन्, ‘माफ गर्नुहोला ! मृत्यु पत्रमा हस्ताक्षर गर्न सकिएन। नेकपा (एमाले) जिन्दावाद। कर्णाली प्रदेश सरकार जिन्दावाद।’

याे पनि : कर्णालीबाट थाले प्रचण्ड र नेपाल–खनालले सहकार्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad