राजनीति


कर्णालीका मुख्यमन्त्री शाही धरापमा, एमालेले लियो समर्थन फिर्ता

कर्णालीका मुख्यमन्त्री शाही धरापमा, एमालेले लियो समर्थन फिर्ता

नेपालखबर
चैत ४, २०७७ बुधबार ९:३,

नेकपा एमालेले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

बुधबार बसेको संसदीय दलको बैठकले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको मुख्य सचेतक गुलावजंग शाहले नेपालखबरलाई जानकारी दिए।

‘आज हाम्रो दलको बैठक बसेर सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएका छौं’ शाहले भने।

कर्णाली प्रदेश सरकारमा एमालेका तर्फबाट तीन जना मन्त्री सहभागी छन्।

कर्णाली प्रदेशमा कुल प्रदेश सभा सदस्य संख्या ४० रहेको छ। जसमध्ये एमालेको मात्र २० सांसद छन्। त्यसमध्ये राजबहादुर शाही सभामुख छन्। यस्तै माओवादी १३, नेपाली कांग्रेस ६ र राप्रपाको १ जना सदस्य छन्।

११ जना माधव नेपाल पक्षका र ९ जना ओली पक्षका सांसद छन्।

२०७७ असाेज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव बुझाएका थिए। साे प्रस्तावमा हस्ताक्षर गर्नेमा एमालेका १५ र माओवादीका ३ जना सांसद थिए।

तर, अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने माधव नेपाल पक्षले फिर्ता लिएपछि सरकार ढल्नबाट राेकिएकाे थियाे।

२०७४ साल फागुन ३ गते शाही मुख्यमन्त्रीमा नियुक्त भएका थिए। एमाले र माओवादी केन्द्रबीच भएको चुनावी तालमेलपछि शाही मुख्यमन्त्री बनेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .