राजनीति


माधव नेपाल पक्षको भेलामा सहभागी भए सांसदबाट हटाउने ओली पक्षको चेतावनी

माधव नेपाल पक्षको भेलामा सहभागी भए सांसदबाट हटाउने ओली पक्षको चेतावनी

नेपालखबर
चैत ३, २०७७ मंगलबार १४:४८,

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलामा सहभागी हुने नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएको छ।

मंगलबार साँझ विज्ञप्ति प्रकाशित गरी महासचिव ईश्वर पोखरेलले भेलामा सहभागी हुने सांसदहरुलाई पार्टी संसदीय दलकाे विधानबमाेजिम कारबाही गरी सांसद पदबाट हटाउने चेतावनी दिएका छन्।

महासचिव पोखरेलले पार्टीको राष्ट्रिय भेलाको कार्यक्रम नरहेको भन्दै सो भेलालाई ‘गुटगत’ भेलाकाे संज्ञा दिएका छन्। 

विज्ञप्तिमा नेकपा (एमाले) को नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला रहेको भन्ने सूचनाप्रति ध्यानाकर्षण भएको जनाइएकाे छ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले भोलि राष्ट्रिय कार्यकर्ता भेलाको आयोजना गरेको छ।

महासचिव पोखरलेले साे भेलामा सहभागी नहुन निर्देशन दिएका छन्। अन्यथा मुलुकको संविधान, पार्टी विधान र नियमावली बमोजिम कारबाही गर्ने विज्ञप्तिमा चेतावनी दिइएको छ।

uml-3_1.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad