ad ad

राजनीति


फागुन २३ को फैसला पुनरवलोकनको माग गर्दै माओवादी केन्द्र आजै सर्वोच्च जाने तयारी

फागुन २३ को फैसला पुनरवलोकनको माग गर्दै माओवादी केन्द्र आजै सर्वोच्च जाने तयारी

नेपालखबर
चैत ३, २०७७ मंगलबार १०:१०,

‘एमाले र माओवादी केन्द्र ब्युँताउने’ फैसला पुनरवलोकनको लागि नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतमा निवेदन दर्ता गर्ने भएको छ।

फैसला पुनरवलोकनको निवेदन पत्र आजै सर्वोच्चमा दर्ता गर्ने तयारी गरेको माओवादी केन्द्रका मुख्य सचेतक देव गुरुङले जानकारी दिएका हुन्।

‘निवेदन तयार पार्दै छौँ’, गुरुङले नेपालखबरसँग भने, ‘आजै पनि दर्ता हुनसक्छ।’ 

एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण भएर नेकपा बनेको थियो।

सोही नेकपालाई २०७५ जेठ २५ गते निर्वाचन आयोगले दर्ता गरेको थियो। तर, ऋषि कट्टेलले नेकपा आफ्नो पार्टीको नामसँग मिलेको भन्दै पार्टीको नाम आफैँले पाउनुपर्ने माग गरेर आयोगमा निवेदन दिए।

आयोगले कट्टेलको निवेदन कुनै सुनुवाइ नै नगरी खारेज गरिदियो। त्यसपछि उनी सर्वोच्च पुगेका थिए।

उनको रिट निवेदनमाथि सर्वोच्चले २०७७ फागुन २३ गते ‘नेकपा’ कट्टेलकै पार्टी भएको फैसला सुनाएको थियो।

न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फैसलामा एमाले र माओवादी केन्द्रको एकीकरणलाई नै मान्यता नदिएर पूर्ववत् अवस्थामा फर्काउने फैसला गरेको थियो।

कट्टेलले पार्टीको नाम नेकपामात्र आफ्नो रहेको दाबी गर्दै हालेको रिटमा अदालतले भने एमाले र माओवादीबीचको एकता नै बदर गरिदिने फैसला गरेपछि कानुनविद्हरुले पुनरवलोकनमा जान सुझाव दिएका थिए।

एकीकरणपछि प्रतिनिधिसभा, राष्ट्रियसभा, स्थानीय तह लगायतमा भएका उपनिर्वाचनबाट थुप्रै निर्वाचित भएर आएको, रिट निवेदकले मागेभन्दा बढी फैसला गरेको र कार्यान्वयन हुनै नसक्ने फैसला गरेको भन्दै पुनरवलोकन गर्नुपर्ने कानुनविद्हरुले सुझाव दिएपछि माओवादी केन्द्र पुनरवलोकनमा जाने निर्णयमा पुगेको हो।

आइतबार बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्यसबारे जानकारी गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .