राजनीति


प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने दिन आउँदैछ : प्रधानमन्त्री

प्रतिनिधि सभा विघटनको औचित्य पुष्टि हुने दिन आउँदैछ : प्रधानमन्त्री

नेपालखबर
चैत ३, २०७७ मंगलबार ७:१२,

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनको औचित्य केही समयमै पुष्टि हुने बताएका छन्।

 प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित केन्द्रीय सदस्यहरुको चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले सभामुखले मन्त्रीलाई बोल्न नदिएर सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको समेत आरोप लगाए।

सभामुखविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले आफैले मुद्दा जितेर ल्याएको संसदमा विरोध गरेर कामै गर्न नदिने अवस्था आएको बताए।

‘आफैँले मुद्दा जितेर ल्याएको संसद्मा आफैँले विरोध गर्ने, काम गर्नै नदिने काम गरियो। संविधान कार्यान्वयन गर्न व्यवधान सिर्जना गर्ने काम भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘सभामुखले मन्त्रीलाई रोक्दै बैठक स्थगित गरेर संवैधानिक दायित्वबाट सरकारलाई बञ्चित गरियो।’

उनले सदनका पछिल्ला गतिविधिले प्रतिनिधि सभा विघटनको औचित्य केही दिनमै पुष्टि हुने दावी गरे।

प्रतिनिधिसभा विघटन गर्नुपर्ने स्थिति सिर्जना भएको र त्यसको औचित्य पुष्टि हुने दिन आउँदै गरेको उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad