राजनीति


फागुन २८ गतेको बैठककै बारे कुरा मिलेन: माधव नेपाल (भिडियो)

फागुन २८ गतेको बैठककै बारे कुरा मिलेन: माधव नेपाल (भिडियो)

नेपालखबर
चैत २, २०७७ सोमबार ८:४७,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा सहमति नजुटेको बताएका छन्।

उनले ओलीले फागुन २८ गते एकपक्षीयरुपमा राखेको बैठक र त्यसले गरेका निर्णयबारे आफूहरुबीच कुरा नमिलेको बताए।

‘हामीहरुले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ववत् एमालेको जुन पुरानो अवस्था हो, त्यहिअनुसारको संरचना, पदाधिकारी र सदस्यहरु यथावत् स्वीकार्ने अवस्थामा जाउँ भन्यौं,’ नेपालले सञ्चारकर्मीहरुसँग भने।

उनले आफूहरुले एमालेलाई एकतावद्ध गर्न र अरु पार्टीलाई पनि समेटेर अघि बढ्न प्रस्ताव गरेको बताए।

‘अरु कुराभन्दा पनि फागुन २८ गतेको उहाँको (ओली) जुन गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको नामाकरण गर्नुभएको छ, त्यसैमा कुरा मिलेन,’ उनले भने। 

भिडियो:

यो पनि : 
आआफ्ना टोलीसहित ओली र नेपालबीच पार्टी कार्यालय धुम्वाराहीमा छलफल

ओलीले नेपाललाई वार्ता गर्न बोलाए, आज धुम्बाराहीमा छलफल हुने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad