नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वमा पार्टीका दुई पक्षबीच भएको वार्ता निष्कर्षविहीन भएको छ।
पार्टी कार्यालय धुम्बाराहीमा आज सोमबार भएको वार्तामा दुवै पक्षले आआफ्ना अडान दोहोर्याएका छन्।
अध्यक्ष ओलीले फागुन २८ गते आफूहरुलाई थाहै नदिई बैठक गरेर एकपक्षीयरुपमा नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र कतिपयलाई जिम्मेवारीविहीन गरिएको हुँदा त्यस दिनका निर्णय रद्द गर्नुपर्ने नेपाल पक्षले अडान लिएको छ।
त्यसो नगरे आफूहरुले चैत ४ र ५ गतेका लागि बोलाएको कार्यकर्ता भेला नरोक्ने बताएका छन्।
‘हामीले त साझारुपमा सहमति नभएका सबै गतिबिधि रोकौं भन्ने प्रस्ताव गरेका छौं, ती स्थगित गर्नुको अर्थ फागुन २८ गते गरेका निर्णय रद्द गर्नुपर्छ, ती निर्णय रद्द भएमा हामी पनि स्थगित गरेर साझारुपमा अघि बढ्न तयार छौं भनेर स्पष्टरुपमा राखेका छौं,’ एमाले उपाध्यक्ष भीम रावलले ओली पक्षसँगको छलफलपछि सञ्चारकर्मीसँग भने।
उनले फागुन २८ गते बसेको केन्द्रीय समितिको निर्णय मान्ने हो भने सर्वोच्च अदालतको फैसला नमानेको ठहरिने दाबी गरे।
भिडियो:

प्रतिक्रिया