समाज


अर्को कम्पनीको सोर्स कोड र युजर इन्टरफेस दुरुपयोग गरी बिक्री गर्ने ३ जना पक्राउ

अर्को कम्पनीको सोर्स कोड र युजर इन्टरफेस दुरुपयोग गरी बिक्री गर्ने ३ जना पक्राउ

नेपालखबर
चैत २, २०७७ सोमबार ८:२६,

नेपाल प्रहरीको साइबर ब्युरोले अर्कै कम्पनीको सोर्स कोड र युजर इन्टरफेस हुबहु नक्कल गरी विभिन्न संघ संस्थालाई बिक्री गरेको भन्दै तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ लमही नगरपालिकाका विमल केसी, रुपन्देही मायादेवी गाउँपालिकाका श्यामबहादुर चौधरी र नवलपरासी (पूर्व) कावासोती नगरपालिकाका शंकर ज्ञवालीलाई पक्राउ गरेको हो।

उनीहरुविरुद्ध नेशनल सफ्टवेयर एन्ड आईटी सोलुसन प्रालिले आफ्नो स्वामित्व रहेको सफ्टवेयरको सोर्स कोड, युजर इन्टरफेसमा सामान्य परिवर्तन गरी हुबहु नक्कल गरेर अरुलाई बिक्रीवितरण गरेको भन्दै उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्यालले जानकारी दिए।

अर्यालका अनुसार उनीहरुले अर्को कम्पनीको कोडहरु नक्कल गरी प्रिफेस टेक्नोलोजी प्रालि सञ्चालन गरेका थिए।

तीनै जनाविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार कारबाही अघि बढाइएको छ। काठमाडौं जिल्ला अदालतबाट उनीहरुविरुद्ध हिजो ६ दिन म्यादथप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

तीनै जना प्रिफेसका सञ्चालकहरु हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad