ad ad

राजनीति


ओलीले गरेका निर्णय रोक्न माग गर्दै माधव नेपाल पक्षले दियो निर्वाचन आयोगमा निवेदन (पत्रसहित)

ओलीले गरेका निर्णय रोक्न माग गर्दै माधव नेपाल पक्षले दियो निर्वाचन आयोगमा निवेदन (पत्रसहित)

नेपालखबर
चैत १, २०७७ आइतबार १२:४,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा गरेको निर्णय कार्यान्वयन नगराउन माग गर्दै र्विाचन आयोगमा निवेदन दिएको छ।

आइतबार नेपाल समूहले अध्यक्ष ओलीले पार्टी एकलौटी रुपमा मनोनयन लगायतका निर्णय अनाधिकृत भएको भन्दै आयोगमा निवेदन दिएको हो।

नेपाल समूहका ११ जना स्थायी समिति सदस्यको हस्ताक्षरसहित सो प्रक्रिया रोक्न माग गरेका हुन्।

शुक्रबार अध्यक्ष ओलीनिकट केन्द्रीय सदस्यहरुको भेलाले पार्टी केन्द्रीय कमिटीमा सदस्य थप गर्ने, ७० वर्षे प्रवाधन हटाउने गरी विधान संशोधन गरेको थियो।

निर्वाचन आयोगलाई नेपाल समूहले लेखेको पत्रमा पार्टीको विधानको धारा १३ र १३ (क) बमोजिम पार्टी विधानको संशोधन केवल राष्ट्रिय महाधिवेशन र विधान अधिवेशनले मात्र गर्न सक्ने उल्लेख छ।

अध्यक्षनिकट केन्द्रीय समितिको बैठकले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुको साथै पार्टी पदाधिकारी खारेज गर्ने निर्णय गराएका थिए।

नेपाल समूहले ओलीले शुक्रबार राखेको बैठक पनि अनाधिकृत भएको बताएको छ।

सो समूहले निर्वाचन आयोगलाई बुझाएको पत्रमा भनिएको छ, ‘पार्टी विधानको धारा ४१ मा पार्टीका विभिन्न कमिटीका बैठकहरुको आयोजना हुने विधि निर्धारण गरिएको छ। केन्द्रीय कमिटीको बैठक हुनुपूर्व सचिवालय र स्थायी कमिटीका बैठक बसी केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्ने नेकपा (एमाले) को विधि, पद्धति र अभ्यास रहँदै आएको छ। त्यसो नगरी बोलाइएको कुनै बैठक र त्यसले गरेका निर्णयहरु पार्टी विधान अनुकूल ठहरिदैनन्।’

 यस्तो छ माधव नेपाल समूहले निर्वाचन आयोगमा बुझाएको पत्र

No description available.

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .