समाज


सिरहा बम विस्फोट अपडेटः जयकृष्ण गोइतले लिए जिम्मेवारी

सिरहा बम विस्फोट अपडेटः जयकृष्ण गोइतले लिए जिम्मेवारी

नेपालखबर
चैत १, २०७७ आइतबार १२:३,

सिरहा बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।

उक्त समूहका अध्यक्ष जयकृष्ण गोइतले आइतबार विज्ञप्ति जारी गर्दै ८ जना घाइते भएको घटनाको जिम्मा लिएका हुन्।

लहानस्थित मालपोत कार्यालयमा भएको प्रेसर कुकर बम विष्फोटमा ८ जना घाइते भएका थिए। आफूहरुले भ्रष्टचारको विरोधमा बम बिस्फोट गराएको दाबी गर्दै भ्रष्टचार जारी रहे अझै उच्च स्तरको कारबाही गर्ने चेतावनी उक्त समूहले दिएको छ।

goit pr24

यसअघि घटनास्थलमा उक्त समूहको पर्चा भेटिए पनि औपचारिक जिम्मा लिएको थिएन।

जनतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहका उपाध्यक्षले भने घटना अघि नै आत्मासमर्पण गरेका छन्।

उपाध्यक्ष समेत रहेका रामविलास यादवले जिल्ला प्रशासन कार्यालय सिरहामा आत्मासमर्पण गरेका थिए।

याे पनि -
१. सिरहा मालपोत कार्यालयमा बम बिस्फोट, ६ जना घाइते, एकको अवस्था गम्भीर
२. सिरहा मालपोत विस्फोटः घटनास्थलमा भेटियो गोइत समूहको पर्चा
३. सिरहा बम विस्फोट अपडेट : यी हुन् ८ घाइते
४. उपाध्यक्षले आत्मसमर्पण गरेकै दिन गोइत समूहद्वारा लहान मालपोतमा बम विस्फोट!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .