प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ।
आइतबार प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले एक सूचना जारी गर्दै सोमबार दिउँसो १२.३० बजेका लागि बोलाइएको प्रदेश सभा बैठक स्थगित भएको जानकारी दिएका हुन्।
सचिव पराजुलीले विशेष कारणले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जनाएका छन्।
‘यस प्रदेश सभाको सातौँ तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ चैत २ गते सोमबारका दिन दिनको १२.३० बजे गर्नेगरी मिति २०७७÷११÷१९ गते सूचना प्रकाशित गरिएकोमा उक्त बैठक विशेष कारणले प्रदेश सभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित भएको व्यहोरा माननीय प्रदेश सभा सदस्यहरुको जानकारीका लागि माननीय सभामुखज्यूको आदेश अनुसार यो सूचना प्रकाशित गरिएको छ’, सचिव पराजुलीद्वारा जारी सूचनापत्रमा लेखिएको छ।


प्रतिक्रिया