कारोबार


नेपाली आकाशमा थपिँदै नयाँ एयरलाइन्स, शिवमले दियो उडान अनुमतिको आवेदन

नेपाली आकाशमा थपिँदै नयाँ एयरलाइन्स, शिवमले दियो उडान अनुमतिको आवेदन

नेपालखबर
चैत १, २०७७ आइतबार ७:२२,

दुर्गम क्षेत्रमा उडानको लागि नयाँ एयरलाइन्सले आवेदन दिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा शिवम् एयरलाइन्सले उडान अनुमतिको लागि आवेदन दिएको हो।

मन्त्रालयका अनुसार नेपालका पहाडी तथा हिमाली क्षेत्रमा उडानको प्रस्ताव गरेको छ।

दिनेश आचार्य संस्थापक रहेको कम्पनीले आवेदन दिएपछि मन्त्रालयले अध्ययनको लागि कार्यदल बनाएको छ ।

उक्त समितिको अध्ययन सिफारिसको आधारमा नयाँ एयरलाइन्सलाई अनुमति दिने वा नदिने भन्ने विषयमा मन्त्रालयले निर्णय गर्छ।

हाल दुर्गम क्षेत्रमा तारा एयर, सीता एयर, समिट एयरले उडान गर्दै आएका छन्। बुद्ध एयरले आगमी वर्षभित्र दुर्गममा उडानको लागि नयाँ जहाज भित्र्याउने घोषणा गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad