राजनीति


अमेरिकाको नयाँ सरकारले उत्तर कोरियासँग सम्पर्क गरे पनि पाएन कुनै जवाफ

अमेरिकाको नयाँ सरकारले उत्तर कोरियासँग सम्पर्क गरे पनि पाएन कुनै जवाफ

नेपालखबर
चैत १, २०७७ आइतबार ७:२१,

अमेरिकाको नयाँ सरकारले उत्तर कोरियासँग सम्पर्क गर्नका लागि प्रयास जारी राखेको छ।

राष्ट्रपति जो बाइडेन प्रशासनले उत्तर कोरियासँग विभिन्न माध्यमबाट सम्पर्क गरे पनि अहिलेसम्म उसले कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ।

सीएनएनसँग कुरा गर्दै अमेरिकी सरकारका एक उच्च अधिकारीले भनेका छन्, ‘फेब्रुअरी महिनाको मध्यदेखि बढ्दो तनाव र जोखिम कम गर्न हामीले उत्तर कोरियाको सरकारसँग थुप्रै माध्यमबाट सम्पर्क गरिरहेका छौँ। तर अहिलेसम्म प्योङयाङबाट कुनै प्रतिक्रिया आएको छैन।’

ती अधिकारीले एक वर्षयता अमेरिकाले कोरियासँग छलफल गर्ने प्रयास गरिरहेको भए पनि औपचारिक छलफल भने हुन नसकेको बताए।

डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने केही प्रयास भएका थिए।

सो क्रममा ट्रम्पले दुई शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका थिए। उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम त्याग्ने समेत मनसाय बनाएको थियो।

तर अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध कैपटकमा नहटाएपछि दुई देशबीचको छलफलले निष्कर्ष दिन सकेको थिएन।

 अमेरिकाका नयाँ राष्ट्रपति बाइडेनले उत्तर कोरियाप्रति कस्तो नीति लिन्छन् भनेर सबै ‘पर्ख र हेर’को अवस्थामा छन्।

यसबीचमा अमेरिकाका तर्फबाट छलफलको लागि सम्पर्क गरे पनि कोरियाले जवाफ नफर्काएको खबर आएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad