धेरै माध्यमबाट बाइडेन प्रशासनले उत्तरसँग सम्पर्क गर्न खोजेको तर उत्तर कोरियाले भने कुनै जवाफ नदिएको सीएनएनले जनाएको छ।
सीएनएनसँग कुरा गर्दै अमेरिकी सरकारका एक उच्च अधिकारीले भनेका छन्,‘फेब्रुअरी महिनाको मध्यदेखि बढ्दो तनाव र जोखिम कम गर्न हामीले उत्तर कोरियाको सरकारसँग थुप्रै माध्यमबाट सम्पर्क गर्ने प्रयार गर्यौं। अहिलेको मितिसम्म प्योङयाङबाट कुनै प्रतिक्रिया आएको छैन।’
ती अधिकारीले एक वर्षयता अमेरिकाले उत्तरसँग छलफल गर्ने प्रयास गरेता पनि औपचारिक छलफल भने हुन नसकेको उनले बताए।
डोनाल्ड ट्रम्प राष्ट्रपति हुँदा उत्तर कोरिया र अमेरिकाबीचको सम्बन्ध सुधार गर्ने केही प्रयास भएका थिए।
सो क्रममा ट्रम्पले दुई शिखर वार्तामा उत्तर कोरियाली नेता किम जोङ उनलाई भेटेका थिए। उत्तर कोरियाले क्षेप्यास्त्र कार्यक्रम त्याग्ने समेत मनसाय बनाएको थियो।
तर अमेरिकाले लगाएको आर्थिक प्रतिबन्धहरु पुरै एकैपटक नहटाएपछि छलफलले निष्कर्ष दिन सकेको थिएन।
यतिबेला नयाँ राष्ट्रपति जो बाइडेनले उत्तर कोरियाप्रति कस्तो नीति लिन्छन् भनेर सबै पर्ख र हेरको अवस्थामा छन्।
यसबीचमा अमेरिकाले छलफलको लागि सम्पर्क गर्न खोज्दा उत्तरले जवाफ नफर्काएको खबर आएको हो।

प्रतिक्रिया