राजनीति


माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिमा : नेपाली कम्युनिस्ट पार्टी राखिने

माओवादी केन्द्रको नाम फेर्ने प्रस्ताव केन्द्रीय समितिमा : नेपाली कम्युनिस्ट पार्टी राखिने

नेपालखबर
चैत १, २०७७ आइतबार ६:५१,

नेकपा (माओवादी केन्द्र)ले पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने भएको छ।

आइतबार मध्यान्हदेखि पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको केन्द्रीय समितिको बैठकमा पार्टीको नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्न औपचारिक रुपमा प्रस्ताव गएको एक नेताले बताए।

बुधबार र बिहीबार बसेको पार्टी स्थायी समिति बैठकमा नाम परिवर्तन गर्ने विषयमा सहमति जुटेको र सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको ती नेताले बताए।

‘स्थायी समिति बैठकमा पार्टीको नाम फेरेर नेपाली कम्युनिस्ट पार्टी राख्ने विषयमा सहमति भएको थियो’, ती नेताले नेपालखबरसँग भने, ‘सोही नाम आजको केन्द्रीय समिति बैठकमा पेस गरिएको हो।'

केन्द्रीय समितिमा आवश्यक छलफलपछि आजै पार्टीको नाम परिवर्तन गर्ने निर्णय हुनसक्ने नेताहरुले बताएका छन्।

माओवादीले अन्य पार्टीबाट आफ्नो पार्टीमा आउनेहरुलाई सहज हुनेगरी दलको नाम परिवर्तन गर्न लागेको हो।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको एकतालाई वैधानिकता नदिई पूर्ववत अवस्थामा फर्काइदिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad