राजनीति


राज्यको संरक्षणमा त्रास फैलाउन खोजियो: रमेश मल्ल

राज्यको संरक्षणमा त्रास फैलाउन खोजियो: रमेश मल्ल

नेपालखबर
असार ३०, २०८३ मंगलबार १२:१७, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेकाहरूले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद मल्लले गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरूले सडक जाम गराउने र मिडिया तथा राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने खालका गतिविधि गरेको जिकिर गरे। 

‘राज्य संरक्षित मान्छेहरूबाट न्युरोड लगायतका मुख्य सडकमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो। अस्तव्यस्त बनाइयो। हिजो मिडिया हाउसको अगाडि एकाबिहानै गाडीहरू तेर्स्याइयो,’ मल्लले भने, ‘प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम पनि भयो।’

राज्य संरक्षित व्यक्तिहरूबाटै त्रास सिर्जना गरिएको उनको भनाइ थियो। ‘राज्य संरक्षित केही मान्छेहरूबाट नै यो गतिविधि गरियो,’ उनले भने, ‘राज्यले यस्तो काम गर्नेहरूलाई पाँच सयको चिट काटेर घर पठाउने। यो कुनै हालतमा हुन सक्दैन।’

उनले मिडिया हाउसमा अवरोध हुनेगरी तेर्स्याएर राखिएका गाडीलाई लाखौ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नमाथि कडा कारबाही तत्काल गर्न पनि सरकारलाई सचेत गराए। 

‘यिनलाई लाखौँको जरिवाना तिराउनुपर्छ। त्यो गाडी जफत गरिनु पर्दछ,’ उनले भने, ‘जसले यो गतिविधि गरेको छ र यसको योजना बनाएको छ। उनीहरुलाई छिटो भन्दा छिटो छानबिन गरेर कारबाही गर्नु पर्दछ।’

सांसद मल्लले सरकारले सामान्य नागरिकले हितमा कुनै पनि काम गर्न नसकेको बताए। प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति जनाए। 

सांसद मल्लले सरकारले सुकुम्वासीलगायतका गरिब नागरिकलाई एकपछि अर्को पीडा दिने काम गरिरहेको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad