राजनीति


राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

राप्रपाले तेश्रो चरणको स्वाभिमान यात्रा गर्ने

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:३०,

राष्ट्रिय प्रजातन्त्र पार्टीले मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाँकी रहेका जिल्लाहरुमा क्रमशः स्वाभिमान यात्रा संचालन गर्ने भएको छ। यस क्रममा सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा आगामी भाद्र २३ गते बाट यात्रा शुरु गरिने राप्रपाले जनाएको छ।

राप्रपा प्रदेश नं. ३ का अध्यक्ष विक्रम बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र २३ गते सिन्धुलीबाट यात्रा शुभारम्भ गरी २५ गते काभ्रेपलाञ्चोकमा समापन गर्ने प्रारम्भिक तालिका तय गरिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

यसअघि पहिलो चरणमा मेची–महाकाली, दोश्रो चरणमा मुक्तिनाथदेखि गोरखनाथसम्म यात्रा सम्पन्न भईसकेको छ भने अहिले तेश्रो चरणको यात्राको तयारी गरिएको छ।

तेश्रो चरणको यात्रा पछि बाँकी जिल्लाहरुको यात्रा दशैँ र तिहारको बिचमा हुने पार्टीका प्रवक्ता सुशील श्रेष्ठले बताए। बैठकको निर्णय र यात्रा तालिका बारे पार्टी अध्यक्ष कमल थापालाई आजै जानकारी गराईएको र थापाले यात्रालाई व्यवस्थित र प्रभावकारी बनाउन चुस्त ढंगले कार्य अगाढी बढाउन निर्देशन दिएको सहायक महामन्त्री बर्तौलाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .