कारोबार


ओरालो यात्रामा नेप्से, कारोबार रकमसमेत सस्तैमा समेटियो

ओरालो यात्रामा नेप्से, कारोबार रकमसमेत सस्तैमा समेटियो

नेपालखबर
साउन २६, २०७६ आइतबार १२:२९,

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पनि ओरालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ।

नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ। कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरिद बिक्री भए। स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आइतबार पाँच उपसमूहको सेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ। व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ।

यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ। स्टकका अनुसार कारोबारका आधारमा आज रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोबार भयो।

यस्तै साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको सेयर कारोबार भई शीर्ष स्थानमा रहेको छ।

स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेसन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन्।

यस्तै एनसीसी बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .