नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाललाई नयाँ पार्टी खोल्न सुझाब दिएका छन्।
नेकपा एमालेभित्र देखिएको विवादतर्फ संकेत गर्दे नेता खतिवडाले पदका लागि राजनीति नगरेको भए नयाँ दल खोल्न नेपाल र खनाललाई सुझाब दिएका हुन्।
उनले आत्मसमर्पण गरेर ओलीकोमा जाने अनि ओलीलाई नै गाली गरेर गाईजात्रा देखाउनभन्दा नयाँ दल खोल्न सुझाब दिएका हुन्।
उनले नयाँ दल नखोले ओलीले भँडारमा ठाउँ नदिने भन्दै रच्छ्यानमा बसेर जे दिन्छन् त्यही खान सुझाब दिएका हुन्।
‘खुरुखुरु आत्मसमर्पण गरेर ओलीकोमा जाने अनि ओलीलाई नै गाली गर्ने? हरे के गाईजात्रा हो यो? पदको राजनीति होइन भने माधव र झलनाथ समूहले राजीनामा दिएर नयाँ पार्टी खोल्नुहोस्। नत्र रच्छ्यानमा बसेर जे दिन्छन तेही खानुहोस्! अहिले ओलीले भडारमा, जस्केलामा, दलेनमा र आगनमा राख्लान र?’ सामाजिक सञ्जाल ट्विटरमा खतिवडाले लेखेका छन्।
खुरुखुरु आत्मसमर्पण गरेर ओलीकोमा जाने अनि ओलीलाईनै गाली गर्ने?
हरे के गाईजात्रा हो यो?
पदको राजनीति होईन भने माधब र झलनाथ समूहले राजीनामा दिएर नयाँ पार्टी खोल्नुहोस।
नत्र रक्ष्यानमा बसेर जे दिन्छ तेहि खानुहोस !
अहिले ओलीले भडारमा ,जस्केलामा, दलेनमा र आगनमा राख्लान र?
प्रतिक्रिया