रुसी अन्तरिक्ष एजेन्सी रोसकोसमोसले चीनको न्याश्नल स्पेस एड्मिनिस्ट्रेशनसँग चन्द्रमाको सतह, बाहिरी कक्ष वा दुवै स्थानमा अनुसन्धान सुविधाहरू विकास गर्न सहमति गरेको बीबीसीले जनाएको छ।
दुवै देशको अन्तरिक्ष निकायहरूको वक्तव्यमा यो स्टेशन अन्य देशका लागि पनि उपलब्ध हुने उल्लेख गरिएको छ।
रुसले पहिलो मानवसहितको अन्तरिक्षयानको उडानको ६० औँ वार्षिकोत्सव मनाउने तयारी गरिरहँदा यो घोषणा भएको हो।
दुवै देशको बयानका अनुसार इन्टरन्याश्नल साइन्टिफिक लुनर स्टेशनले चन्द्रमाको अध्ययन त्यसको उपयोगसँग सम्बन्धित वैज्ञानिक अनुसन्धान गर्नेछ।
बयानमा भनिएको छ,‘चीन र रुसले अन्तरिक्ष विज्ञान, अध्ययन र विकासमा बटुलेको अनुभव एवम् अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गरेर संयुक्त रूपमा इन्टरन्याश्नल साइन्टिफिक लूनर स्टेशनको निर्माणका लागि कार्ययोजना तयार गर्नेछन्।’ बीबीसी
प्रतिक्रिया