ad ad

राजनीति


नेपाल समूहको केन्द्रीय समितिको बैठक सुरु, ओलीको कदमबारे छलफल हुने

नेपाल समूहको केन्द्रीय समितिको बैठक सुरु, ओलीको कदमबारे छलफल हुने

नेपालखबर
फागुन २९, २०७७ शनिबार ७:३७,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक शुरु भएको छ।

शनिबार दिउँसो शंखमूलस्थित ए वान क्याफेमा केन्द्रीय समिति बैठक सुरु भएको नेता विष्णु रिजालले जानकारी दिए।

उनले प्रधानमन्त्री एवं अध्यक्षको शुक्रबारको कदमबारे छलफल गर्न बैठक बस्न लागेको जानकारी दिए।

‘बैठक जारी छ, समसामयिक विषय र पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल हुन्छ’, नेता रिजालले नेपालखबरसँग भने।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई खबरै नगरी पार्टी पदाधिकारी खारेज गर्नुका साथै महाधिवेशनको मिति घोषणा गर्ने निर्णय लगायतका महत्वपूर्ण निर्णय गराएका थिए।

बैठकमा शुक्रबार अध्यक्ष ओलीले गरेका निर्णयविरुद्ध के कसरी अघि बढ्ने भन्ने विषयमा बारे छलफल हुने बताइएको छ।

 

केन्द्रीय कमिटी बैठकअघि आजै नेपाल समूहको स्थायी कमिटी बैठक समेत बसेको थियो। स्थायी समिति बैठकका निर्णयहरुबारे केही जानकारी दिइएको छैन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .