ad ad

राजनीति


माओवादीसँग राम्रै छलफल भयो, निष्कर्षमा भने पुगेका छैनौँ : ठाकुर

माओवादीसँग राम्रै छलफल भयो, निष्कर्षमा भने पुगेका छैनौँ : ठाकुर

नेपालखबर
फागुन २९, २०७७ शनिबार ७:१३,

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेकपा माओवादी केन्द्रसँगको  छलफल सकारात्मक भएको प्रतिक्रिया व्यक्त गरेका छन्।

शनिबार बिहान माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले माओवादीसँग राम्रै छलफल भएको भए पनि निष्कर्षमा भने पुग्न नसकिएको बताए।

‘कुराकानी त राम्रै भयो, तर कुनै कन्क्लुजनमा हामी पुगेका छैनौँ’, अध्यक्ष ठाकुरले भने, ‘मधेस र जनताति लगाएतको समस्या छ। हाम्रो समस्याको समधान हुन्छ भने ठिकै छ। उहाँहरुले के गर्नुहुन्छ हेर्नुछ।

उनले जसपा सत्ता गठबन्धनको केन्द्रमा नरहेको बताए। उनले आफूहरुले कांग्रेस, एमाले र माओवादी केन्द्र कतैबाट पनि सुरक्षा महसुस नगरेको बताए। ‘हामी कहीँ पनि आफूलाई सुरक्षाको महसुस गरेका छैनाैँ’, उनले भने ।

माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जसपासँग ओलीविरुद्ध मिलेर जाने, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे छलफल भएको बताए। ‘जसपा र हामीबीच केपी ओलीको विरुद्धमा संयुक्त सरकार बनाएर जाने, रेशम चौधरीको मुद्दा खारेज र संविधान संशोधनबारे कुरा भयो’, उपाध्यक्ष श्रेष्ठले भने।।

उनले छलफल सकारात्मक रहेको र जसपाले उठाएका एजेन्डा सरकार गठनपछि हल गर्न थप सहज हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .