नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार एकैदिन केन्द्रीय समितिका दुईवटा बैठक राखेर महत्वपूर्ण निर्णय गराएका छन्।
वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय नेताहरुलाई जानकारी नै नदिई ओलीले केन्द्रीय समितिको दशौं बैठक राखेका थिए। सो बैठकले माओवादी केन्द्रबाट एमालेमा आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय ग¥यो।
त्यसलगत्तै माओवादी केन्द्रबाट थप गरिएकाहरुलाई समेत सहभागी गराएर केन्द्रीय समितिको एघारौं बैठक राखेका थिए।
११ बैठकले भने महत्वपूर्ण निर्णय गरेको छ। जसमा पूर्व माओवादी केन्द्रबाट आफ्नो पक्षमा खुलेका रामबहादुर थापा, लेखराज भट्टलाई क्रमशः बागमती, र सुदुर पश्चिम प्रदेश इन्चार्ज बनाउने निर्णय गरेको छ।
त्यस्तै सोही बैठकले एमालेको दशौं महाधिवेशन २०७८ मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिको बैठकले पार्टीमा रहेको अध्यक्ष र महासचिवबाहेकका सबै पद खारेज गर्ने निर्णय पनि गरेको छ।

प्रतिक्रिया