नयाँ सरकार गठनबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल सुरु भएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा सुरु भएको छलफलमा सभापति देउवा, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधीलगायत नेताहरु सहभागी छन्।
त्यसैगरी जसपाबाट महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी छन्।

जसपाका शीर्ष नेताहरुको टोलीले बिहीबार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेको थियो।
नयाँ सरकार निर्माणमा निर्णायक बनेको चौथो दल जसपालाई अहिले एमाले, कांग्रेस र माओवादी तीनै प्रमुख दलसँग निरन्तर वार्तामा रहेको छ।
3
Shares

प्रतिक्रिया