नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको ओली पक्षीय केन्द्रीय समितिको बैठकमा प्रधानमन्त्री ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका हुन्।
केन्द्रीय समिति बैठकमा ओलीले अध्यक्ष र महासचिव बाहेक सबै पदाधिकारी हटाउने निर्णय सुनाएको एक नेताले जानकारी दिए।
बैठकले पूर्व माओवादीबाट आएका रामबहादुर थापासहित २३ जनालाई केन्द्रीय समितिमा मनोनयग गर्ने निर्णय समेत गरेको छ।
त्यस्तै बैठकले एमालेको महाधिवेशन आगामी मंसिर २ गतेदेखि ६ गतेसम्म गर्ने निर्णय समेत गरेको ती नेताले जानकारी दिए।
त्यसैगरी बैठकले बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट र कर्णाली प्रदेशको इन्चार्जमा मणिचन्द्र थापालाई जिम्मा दिएको छ।
Shares

प्रतिक्रिया