राजनीति


ओलीलाई प्रधानमन्त्रीमा राखिराख्न नहुने पौडेल समूहको निष्कर्ष, देउवाबारे ‘पर्ख र हेर’

ओलीलाई प्रधानमन्त्रीमा राखिराख्न नहुने पौडेल समूहको निष्कर्ष, देउवाबारे ‘पर्ख र हेर’

नेपालखबर
फागुन २८, २०७७ शुक्रबार १०:२३,

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासहित एक दर्जन बढी नेताहरुसँग छलफल गरेका छन्।

सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र व्युँताएपछि नयाँ सत्ता समीकरणका रस्साकस्सी चलिरहेका बेला वरिष्ठ नेता पौडेलले आफ्नो समूह र सिटौला समूहका नेतासँग छलफल गरेका हुन्।

महाराजगन्जस्थित कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास भएको छलफलमा वरिष्ठ नेता पौडेल, सिटौला, महामन्त्री कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. मीनेन्द्र रिजाल, गगन थापा लगायतका नेताहरुको उपस्थित थियो।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा राखिराख्न नहुने निष्कर्ष निकालेको कोइरालानिकट स्रोतले जनायो।

अहिले केही बेरमा बस्न लागेको शीर्ष नेताहरुको बैठकमा सभापति शेरबहादुर देउवाको कुरा सुनेपनि थप धारणा बनाउने र त्यसका लागि चैत ३ गते फेरि बैठक बस्ने सहमति भएको छ।

‘ओलीको बहिर्गमन र नयाँ सरकार गठनका विषयमा सभापतिले के भन्नुहुन्छ कुरा सुन्छौं’, सहभागी एक नेताले भने, ‘त्यसपछि थप छलफल गर्नको लागि चैत ३ गते बैठक बस्छौं।’

उनीहरुले आजको बैठकमा सभापतिले प्रधानमन्त्रीको रुपमा आफूलाई प्रस्तुत गर्छन् कि गर्दैनन् त्यो हेर्नेछन्।

कांग्रेसको अहिले पदाधिकारी बैठक बसिरहेको छ। यो बैठक सकेर जनता समाजवादी पार्टीका नेताहरुसँग आजै छलफल गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad