न्यायपरिषद्ले सर्वोच्च अदालतमा २ र उच्च अदालतमा १८ न्यायाधीश नियुक्तिका लागि नाम सिफारिस गरेको छ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई सिफारिस गरेको हो।
चुडाल उच्च अदालत पाटनमा र सुवेदी उच्च अदालत सुर्खेतमा कार्यरत छन्।
उच्च अदालतमा न्याय सेवाका विशिष्ट श्रेणीका अधिकृतहरु मध्येबाट २ जनालाई सिफारिस गरिएको छ।
नायव महान्यायाधिवक्ता नारायण प्रसाद पौडेल र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव ऋषि राजभण्डारी उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
पौडेल उच्च अदालत पाटन र राजभण्डारी पोखराका लागि सिफारिस भएका हुन्।
यस्तै ७ जना जिल्ला न्यायाधीश पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
जिल्ला अदालत तनहुँका जिल्ला न्यायाधीश जगतनारायण प्रधान, म्याग्दीका माधवेन्द्र रेग्मी, काभ्रेपलाञ्चोकका पुरुषोत्तम प्रसाद ढकाल, कपिलवस्तुका विष्णु सुवेदी, सुनसरीका अर्जुनप्रसाद कोइराला, झापाका अमृतबहादुर बस्नेत र मोरङका जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेल पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
न्याय सेवाका रा.प प्रथम श्रेणीका अधिकृतहरुबाट दुई जना सिफारिस भएका छन्।
उच्च अदालत पाटनअन्तर्गत हेटौंडा इजलासका रजिस्ट्रार रामेश्वर रेग्मी र सर्वोच्च अदालतकी सहरजिस्ट्रार ममता खनाल सिफारिस भएका हुन्।
अधिवक्ताहरुबाट पनि ७ जना उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्।
अधिवक्ताहरु फुर्वा तामाङ, श्रीधरा कुमारी पुडासैनी, जगदिश घिमिरे, पुनम सिंह, गणेश ठाकुर र निर्मला शाक्यलाई पनि उच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरिएको न्याया परिषद्ले जनाएको छ।
काे कहाँ सिफारिस?

प्रतिक्रिया