पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारत सरकारको कार्य नाजी विचारधाराबाट प्रेरित भएको आरोप लगाएका छन्।
खानले भारतले जम्मु कस्मिरमा गरिरहेको कार्य हिन्दु श्रेष्ठताको विचारधारा जस्तो भएको र त्यो नाजी विचारधाराबाट प्रेरित भएको बताएका हुन्।
भारतले संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार खोसेको छ।
यतिबेला त्यहाँ टेलिफोन सेवा र इन्टरनेट सेवा ठप्प छन्। कर्फ्यू जारी छ।
जम्मु कस्मिर मुस्लिम बाहुल क्षेत्र हुन्। भारतले गरेको उक्त कार्यलाई पाकिस्तानले मुसलमान समुदायलाई विस्थापन गर्ने प्रयासको रुपमा हेरेको छ। सुरुवातबाट पाकिस्तानले त्यसको विरोध गरेको छ।
The curfew, crackdown & impending genocide of Kashmiris in IOK is unfolding exactly acc to RSS ideology inspired by Nazi ideology. Attempt is to change demography of Kashmir through ethnic cleansing. Question is: Will the world watch & appease as they did Hitler at Munich?
— Imran Khan (@ImranKhanPTI) August 11, 2019आइतबार इमराख खानले ट्वीटमा भनेका छन्,‘भारत प्रशासिक कस्मिरमा जारी कर्फ्यू, कठोरता र जनसंहारको अवस्था साँच्चै हिन्दु श्रेष्ठताको विचारधारा जस्तो छ त्यो नाजी विचारधारबाट प्रेरित छ। मुसलमानलाई विस्थापित गरेर त्यहाँको जनसांख्यिकी परिवर्तन गर्न खोजिएको छ। प्रश्न यो छ हिटलरको समयमा भएको घटनाजस्तै विश्वले के त्यो हेरिरहनेछ?’
खानले आफू हिन्दू श्रेष्ठता विचारधारबाट डराएको बताए। उनले भारत सरकारले जम्मु कस्मिरमा गरेको व्यवहारलाई नाजी आर्यन श्रेष्ठताको संज्ञा दिएका छन्।

प्रतिक्रिया