राजनीति


संसद सही ढंगले नचले ताजा जनादेशमा जानुपर्छ : उपप्रधानमन्त्री पोखरेल

संसद सही ढंगले नचले ताजा जनादेशमा जानुपर्छ : उपप्रधानमन्त्री पोखरेल

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ५:२५,

नेकपा एमालेका महासचिव ईश्‍वर पोखरेलले नेकपा माओवादी केन्द्रबाट एमालेमा आएकाहरुलाई सम्मानजनक स्थान दिने बताएका छन्।

प्रेस संगठन पर्साले बिहीबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका पोखरेलले अब एमालेको नेतृत्वमा वामपन्थी शक्तिहरु समेटिने बनाए।

‘माओवादीबाट आएका साथीहरुलाई सम्मानका साथ जिम्मेवारी दिइन्छ’, पोखरेलले भने।

उनले माओवादीसँग मिलेर सरकार ढाल्न लागेका पूर्व एमालकोे समूहलाई आत्मालोचना गर्ने मौका दिने बताएका । एमाले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालप्रति संकेत गर्दै उनले यस्तो बताएका हुन्।

उनले माधव नेपाल समूहलाई के भूमिका दिने भन्नेबारे केन्द्रीय समितिको बैठकले निर्णय गर्ने बताए।

उनले पुनर्स्थापित संसद स्वभाविक ढंगले नचले पुनः निर्वाचनमा जाने बताए। ‘संसद स्वभाविक प्रक्रिया अनुसार चले ठिकै छ, नचले मुलुक ताजा जनादेशमा जान्छ’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad