नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेको सरकार जोगाउन आफूहरु लागिपर्ने बताएका छन्।
बुधबार संसद भवनबाट बाहिरिँदै गर्दा वरिष्ठ नेता खनालले एमाले नेतृत्वको सरकार दुई वर्ष जाने बताए।
सरकार जोगाउने दायित्व तपाईंहरुको पनि होला नी भन्ने पत्रकारको प्रश्नमा खनालले भने, ‘सरकार जोगाउने दायित्व नेकपा एमालेको हो, कुनै व्यक्तिले जोगाएर जोगिँदैन, पार्टीले जोगाएपछि मात्रै जोगिने हो। हामी जोगाउन लाग्छौँ।’
नेता खनालले संसदको पुनर्स्थापना विशेष घटना भएको बताउँदै संविधानको मर्म र भावना अनुसार अघि बढ्नुको विकल्प भएको बताएका छन्।
उनले संसद पुनर्रस्थापान भएसँगै संसदमा नयाँ खेलको सुरुवात हुने बताए।
‘संसद भवन भनेको सर्वोच्च राजनीतिक मञ्च हो, देशका सम्पूर्ण राजनीतिक पार्टीहरुले खेल खेल्ने ठाउँ यही हो,’ वरिष्ठ नेता खनालले भने, ‘त्यो नयाँ खेल कसरी हुन्छ भन्ने परिदृष्य तपाईंहरुले विस्तारै विस्तारै देख्दै जानुहुन्छ।’

प्रतिक्रिया